मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले गरे राष्ट्रिय आपतकालकाे घोषणा


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै मेक्सिकोसँगको सीमा क्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।

’अमेरिकी राष्ट्रपतिले राष्ट्रिय सङ्कटकाल घोषणा गर्दै’ सीमामा पर्खाल बनाउन ट्रम्पद्वारा बजेट माग अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो। यसअघि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सीमा पर्खालका लागि राष्ट्रिय आपतकाल लगाउने तयारी भएको जानकारीसहितको वक्तव्य जारी गरेको थियो ।

राष्ट्रपति ट्रम्पले त्यसको औपचारिक पुष्टि गरेका हुन् र सीमा पर्खाल बनाउनका लागि आफ्नो अधिकारको प्रयोग गर्दै आपतकाल लगाइने उनले बताए । मेक्सिकोसँगको सीमा क्षेत्रमा सीमा पर्खाल बनाउनु ट्रम्पको प्रमुख चुनावी वाचा हो । तर डेमोक्र्या्टिक पार्टीका सिनेटरको अवरोधका कारण ट्रम्पले कंग्रेसबाट सीमा पर्खालका लागि बजेट बिनियोजन गराउन असफल रहे ।

यस्तो अवस्थामा उनले कंग्रेसलाई बाइपास गर्नका लागि आपतकाल लगाउने आफ्नो शक्ति प्रयोग गर्ने भएका हुन् । ट्रम्पले आपतकाल लगाएर सेनाको बजेटबाट पर्खाल बनाउने तयारी गरेका छन् । पर्खालका लागि ८ बिलियन अमेरिकी डलर भन्दा बढी आवश्यक पर्ने बताइएको छ । ट्रम्पले संघीय सरकारको कार्यसञ्चालन बजेट सम्बन्धी विधेयकमा नै ५.७ बिलियन रकमको व्यवस्था निश्चित हुनु पर्ने अडान लिएका कारण गएको डिसेम्बरदेखि जनवरीसम्म ३५ दिन आंशिक सरकारी कार्यालयका काम ठप्प भएका थिए ।

त्यसपछि तीन हप्ताका लागि बनेको सहमतिको समय १५ फेब्रुअरीमा सकिनुअघि ट्रम्पले रिपब्लिकन र डेमोक्र्या्टिक पार्टी्बिच भएको सहमति अनुसारको विधेयकमा हस्ताक्षर गरे । अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो। राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सिमानामा आप्रवासी संकट आइपरेको बताउने गरेका छन्। तर उनको सो भनाइलाई आप्रवासीसम्बन्धी विज्ञहरूले अस्वीकार गर्दै आएका छन्।

अमेरिकामा सबभन्दा ठूलो सङ्ख्याका अवैध आप्रवासी खासमा तिनीहरू हुन् जो वैध प्रवेशाज्ञा वा भिसाको म्याद सकिएपछि पनि त्यहीँ बसिरहेका छन्। अब राष्ट्रिय संकटकालको घोषणा गरेपछि राष्ट्रपति ट्रम्पलाई विशेष शक्ति प्राप्त हुन्छ जसले उनलाई सामान्य राजनीतिक प्रक्रिया छलेर विद्यमान सैन्य वा विपद राहतका बजेटलाई सिमाना पर्खाल बनाउन प्राप्त हुन सक्छ।

विगतमा अमेरिकी राष्ट्रपतिहरूले राष्ट्रिय संकटकालको प्रयोग खासगरि विदेश मामिलामा आइपरेका संकटसँग जुध्न गरेका थिए। उदाहरणका लागि आतंकवादसँग मुछिएका संस्थाहरूलाई उपलब्ध स्रोत रोकिदिन वा मानव अधिकार उल्लंघनमा मुछिएका देशहरूमा लगानी रोकिदिन।तर ट्रम्पले देशभित्रै राजनीतिक रूपमा विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत रहेको संसद छल्न सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेको देखिन्छ। जसले दुवै दलका कतिपय राजनीतिज्ञहरूलाई असहज अनुभव गराइदिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement