मेक्सिकोमा सेनाको विमान दुर्घटना, ६ जना सैनिकको मृत्यु


एजेन्सी – मेक्सिकोमा सेनाको विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ । वायुसेनाको विमान दक्षिणपूर्वी राज्य भेराक्रुजमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको त्यहाँकाे रक्षा मन्त्रालयले जनाएको छ ।

आइतबार एरियानो जापाटाको नगरपालिकाको एयरपोर्टबाट बिहान ९ः४५ बजे उडेकाे थियाे । विमान जंगलमा दुर्घटनाग्रस्ता अवस्थामा फेला परेकाे बताइएकाे छ ।

दुर्घटनाकाे कारण खुल्न नसकेकाे मेक्सिकन सेनाले जनाएकाे छ । मृतक ६ जनाको पहिचान खुल्न बाँकी रहेको सेनाले जनाएको छ । विमानमा कतिजना थिए भन्ने खुल्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement