पश्चिमका यी क्षेत्रमा बाढी पहिरोको जोखिम, ३ दिनसम्म सतर्क रहन आग्रह


काठमाडौं – मनसुनी न्यूननचापीय रेखा भारतबाट नेपालतर्फ सर्न थालेकाले असारको तेस्रो साताबाट देशभर मनसुन थप सक्रिय हुन थालेको छ ।

शनिबारबाट देशको धेरैजसो ठाउँमा पानी परेपनि आइतबारबाट पानी पर्ने क्रम अझ बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भू–भागमा भारी बर्षा हुने सम्भावना रहको मोसमविद विभूती पोखरेलले जानकारी दिइन् ।

त्यस्तै आइतबार राति पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । यो क्रम कम्तिमा तीन दिन रहने बताइएको छ ।

यसैबीच बाढी पुर्वानुमान महाशाखाले आइतबार देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

विभागले पश्चिम नेपालका डेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, वर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

विभागले १ हप्ता सम्म देशभरका प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै तटिय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २२ गते (आईतवार)
दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ ।

देशका बांकी भू–भागहरूमा हल्का वर्षाको सम्भावना छ । मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ ।

राती : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भू–भागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भ–भागका एक–दुई स्थानहरू, मध्य–पश्चिमी तराईका एक–दुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू–भागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ ।

असार २३ गते (सोमवार)

दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भ–भागमा वर्षाको सम्भावना छ । मध्य र पूर्वि नेपालका पहाडी भ–भाग र पश्चिमका पहाडी र तराईका भ–भागका एक–दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ ।

राती : देशका अधिकांश भ–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भ–भाग र पश्चिमका पहाडी भू–भागका केही स्थानमा र पूर्वि नेपालका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मध्यम देखि भारी वर्षा हुन सक्छ ।

असार २४ गते (मंगलवार)
दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भ–भागमा वर्षाको सम्भावना छ । मध्य र पूर्वि नेपालका पहाडी भ–भाग र पश्चिमका पहाडी र तराईका भू–भागका एक–दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ ।

राती : देशका अधिकांश भ–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । मध्य नेपालका पहाडी भू–भाग र पश्चिमका पहाडी भू–भागका केही स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement