तीन दिनको मौसमबारे विभागबाट आयो यस्तो खबर


काठमाडौं – आज (बिहीबार) देशका धेरैजसो भूभागको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका धेरैजसो ठाउँको मौसम बदली हुने र पूर्व मध्य तथा पश्चिमका थोरै स्थानहरुमा चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । यस्तै, बिहीबार राति पश्चिमी क्षेत्रको केही भूभागमा चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) साविकको स्थानबाट दक्षिणतर्फ सरेकाले मनसुनी गतिविधि केही कमजोर बनेको महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान विवरण स्
श्रावण २३ गते (बिहिबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा संभावना रहेको छ ।

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । पश्चिमी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षा हुनसक्छ ।

श्रावण २४ गते (शुक्रबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

श्रावण २५ गते (शनिबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिमका थोरै स्थानहरु तथा पूर्वी र मध्यका १–२ स्थानहरुमा मा मेघ गर्जन चट्याङ्गसहित वर्षाको संभावना रहेको छ ।

मनसुनी न्यून चापीय रेखाको साविकको स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ । यो रेखा उत्तरतर्फ (नेपालतर्फ) सरेपछि नेपालमा मनसुनी गतिविधि बढ्छ ।

लामो समयसम्म कमजोर बनेको मनसुन केही दिनदेखि सक्रिय हुँदा देशैभर मनसुनी गतिविधि बढेको थियो । फेरि मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ सरेपछि मनसुनी गतिविधि कमजोर बन्दै जाने मौसमविदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement