गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा आमा छाेरी घाइते

गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा आमा छाेरी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढ जाँदैगरेकाे बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् ।

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ढुङ्गा खसेकाे थियाे।

घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनीहरुको अवस्था सामान्य छ ।