प्रकाण्ड बने विप्लव नेकपाका मध्यकमाण्ड इन्चार्ज


काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् ।  हेमन्तप्रकाश ओली सुदर्शनले सम्हालिरहेको उक्त जिम्मेवारीको ठाउँमा खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ल्याइएको हो ।

फागुन २८ गते विप्लव नेतृत्वका नेकपालाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि ओली पक्राउ परेका थिए । ओली पक्राउ परेपछि खाली भएको जिम्मेवारीमा प्रकाण्डलाई ल्याइएको स्रोतले बतायो ।  यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन ।

प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको भएपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए । यता मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement