रास्वपा उम्मेदवार लिम्बूद्वारा निर्वाचन आचारसंहिता उल्लंघन


काठमाण्डु – इलाम निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

उम्मेदवार लिम्बूले मतदानका क्रममा पार्टीको चुनाव चिह्न घण्टीको ब्याच कोटमा लगाएर आचारसंहिता उल्लंघन गरेका छन् ।

मतदानका क्रममा उनले तस्वीर लिएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट समेत गरेका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ब्याच लगाउने कार्य निर्वाचन आचारसंहिताअनुसार नभएको भन्दै कारवाही गर्न जिल्ला निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएको बताए । उनले भने, ‘इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूबाट आचारसंहिता उल्लंघन भएको देखियो, स्पष्टीकरण सोध्छौं । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement