आफ्नै वडामा रास्वपाका मिलनले घण्टी बजाउन सकेनन्, ९६ भोट मात्र पाए


काठमाण्डु- इलाम-२ मा रास्वपाका मिलन योङहाङ लिम्बू जारी मतगणनामा चाथौँ स्थानमै सीमित रहेका छन् ।

२०७९ को मंसिर ४ गते भएको संघीय निर्वाचनमा नयाँ सक्तीको रुपमा उदायको रास्वपाले उपनिर्वाचनमा भने अपेक्षित मत प्राप्त गर्न सकिरहेको छैन । रास्वपाका उम्मेदवार मिलन आफ्नै वडामा पनि कमजोर देखिएका छन् ।

उनले आफ्नो वडाबाट ९६ मतमात्र पाएका छन् । आफ्नो वडासमेत रहेको माङसेबुङ गाउँपालिका वडा नम्बर २बाट उनले निराशजनक मत पाएका हुन् । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् ।

माङ्सेबुङ २ मा पनि एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काले ३५१ र पहिचानवादी डकेन्द्र थेगिमले ३१७ मत पाएका छन् ।

यो समाचार तयार पर्दासम्म नेम्वाङले १० हजार ४१९ मतसहित अग्रता कायमै राख्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६२ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा स्वतन्त्रका उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५ हजार ७५३ मत पाएका छन् । रास्वपाका लिम्बू एक हजार ४५१ मतसहित चौंथो स्थानमा रहेका छन् । एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले जम्मा २५८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement