काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ईलाम–२ को उपचुनावमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रास्वपाको विधान बमोजिम बिहीबार लिम्बूलाई उम्मेदवार चयन गरिएको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बताए । लिम्बूलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिएको छ ।
ईलाम–२ मा उम्मेदवारका लागि रास्वपाबाट ६ जनाले दाबी गरेकोमा बिहीबार प्रारम्भिक निर्वाचनको तयारी गरिएपछि अन्य उम्मेदवारले लिम्बूलाई समर्थन गर्दा सर्वसम्मति जुटेको हो ।
उपचुनावका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र शेषरमण न्यौपानेले आकांक्षा देखाए पनि अन्तिममा उम्मेदवारी फिर्ता लिएपछि लिम्बू उम्मेदवार छानिएका छन् ।
प्रतिक्रिया