कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा


काठमाण्डु – नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत भएका छन् । महाधिवेशन भएको डेढ वर्षपछि सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखमा विश्वकर्मालाई जिम्मेवारी दिएका हुन् ।

देउवानिकट मानिने विश्वकर्मा कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनलाई १४ औं महाधिवेशनपछि सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement