रविसँग चुनाव हारेकी मिनाकुमारी बनिन् महिला संघको अध्यक्ष

रविसँग चुनाव हारेकी मिनाकुमारी बनिन् महिला संघको अध्यक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल चयन भएकी छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले खरेललाई महिला संघको अध्यक्ष नियुक्त गरेका हुन्।

थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम खरेललाई अध्यक्षमा नियुक्ति गरेका हुन्।

अध्यक्ष चयनसँगै उनलाई फागुन १५ गतेभित्र महाधिवेशन गर्ने कार्यादेश पनि दिइएको छ।

उनलाई दिइएको १७ बुँदे कार्यादेश र कार्यविवरणमा आउँदो जेठ १५ गतेभित्र पार्टी सभापतिसँगको परामर्शमा सबै क्षेत्र, वर्ग, उमेर समूह, समुदाय र भूगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता प्रदान गर्न भनिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन् ।

यस्तै उनलाई रिक्त वा पुनर्गठन आवश्यक रहेका तल्लो तहका समितिहरूलाई २०८३ साउन मसान्तभित्र पूर्णता दिई अधिवेशन आयोजक समिति गठन गर्न निर्देशन दिइएको छ।

चितवनकी खरेल गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेकी थिइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पराजित भएकी थिइन्।