एकीकृत समाजवादी प्रचण्ड सरकारमा जाने, जोशी र बुढा मन्त्री बन्ने


काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २ मन्त्री पठाउने भएको छ ।

प्रधानमन्त्री प्रचण्डनिकट स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले मन्त्री बनाउन २ नाम दिएका छन् ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकासमन्त्री बन्ने भएका जनाइएको छ ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण कार्यक्रम सारेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement