धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मन्त्री चौधरीले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीको विवादित अडियो सार्वजनिक भएपछि मन्त्रालय रिक्त थियो । नवनियुक्त मन्त्री चौधरी पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् ।
प्रतिक्रिया