मित्रराष्ट्रबाट आएको राहत सामग्री चाँडै पीडितलाई वितरण गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले उपलब्ध गराएको राहत सामग्री बुझेका छन् । बुधबार पोखरा विमानस्थलमा राहत सामग्री बुझ्दै उनले प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

‘अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेका छौँ । आज चीनले सहयोग गरेको सामग्री पनि तत्काल पीडितसम्म पुराइनेछ ।’, उनले भने ।

बुधबार चीनको छन्तुबाट आएका पीएलए एएफ १५ र पीएलएएएफ ०५ उडान नम्बरका ती विमानमा ल्याइएका सामाग्री नेपालका लागि चीनका राजदूत छेन सोङले उपप्रधान तथा गृहमन्त्री ष्ठलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement