ऊर्जामन्त्री पुनले विदेशी लगानीकर्तासँग सिंहदरबारमा गरे ५ घण्टा छलफल, ऊर्जामा लगानी गर्ने प्रतिवद्धता


काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन, काेिरया, र अष्ट्रियाका लगानीकर्तासँग भेटवार्ता गरेका छन्। सिंहदरवारस्थित उर्जामन्त्रालयमा शनिबार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीका सम्भावना र अवसरको वारेमा छलफल भएको थियो।

मन्त्री पुनले शनिबार ऊर्जा क्षेत्रमा लगानी गर्न ईच्छुक कम्पनीका उच्च अधिकारीहरुसंग पाँच घण्टा लामो बैठक गरे। उनले नेपालमा लगानीको लागि उपयुक्त वातावरण बनेको भन्दै ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे। मन्त्रालयले विदेशी लगानीकर्तालाई आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो।

मन्त्री पुनले पावर चाईनाका अध्यक्ष सोङग डोंगसेङगसंगको भेटमा जलविद्युत क्षेत्रको लागीे आफुले आन्तरीक र बाह्य बजार बनाउने भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। उनले पावर चाईनाले लगानी गर्न चाहे सरकार सहजीकरण गर्न तयार रहेको धारणा राखे।

भेटमा पावर चाइनाका अध्यक्ष डोंगसेङगले पावर चाइनाले नेपालका २५ वटा परियोजना बनाउने तयारी गरेको जानकारी दिए। ‘तल्लो अरुण,किमाथांका र आधिंखोलाजस्ता परियोजनामा हामी लगानी गर्न चाहन्छौ,त्यतिमात्र होईन हामी अफ ग्रिड पावरको क्षेत्रमा पनि काम गर्न ईच्छुक छौ,’ उनले भने।  उनले सरकार, सरकारी कम्पनी र निजि क्षेत्रसँग मिलेर परियोजना निर्माण गर्ने भन्दै त्यसका लागि आफुलाई सरकारको सहयोग आवश्यक रहेको बताए।

डोंगसेङगले पछिल्लो एक वर्षमा उर्जा क्षेत्रमा भएको नितिगत कामको प्रशंसा गर्दै नेपाल दक्षिण एसियाकै उर्जा हव वन्न सक्ने धारणा राखे।
सहुलीयतपुर्ण ऋण, वुट र पिपिपि मोडेलमा नेपालमा काम गर्न ईच्छुक रहेको उनको भनाइ थियो।

शनिबार नै मन्त्री पुनसँग चाईना नेशनल हेवी मेसिनरी कर्पोरेशनका उपाध्यक्ष वाङ वेईगाओले भेटवार्ता गरेका छन्। भेटमा उपाध्यक्ष वेईगाओले नेपालको प्रशारण लाइनमा लगानी गर्न आफ्नो कम्पनी ईच्छुक रहेको धारणा राखे। उनले सरकारको प्राथमिकता रहेको आयोजनाबारे पनि चांसो राखे।

जवाफमा मन्त्री पुनले ऊर्जा मन्त्रालयले प्रशारण लाइनको गुरुयोजना सार्वजनिक गरेको भन्दै त्यसैअनुसार काम गर्न आग्रह गरे। ‘हामीले केही समयअघि मात्र प्रशारण लाईनको ४० वर्षे गुरुयोजना सार्वजनिक गरेका छौ,न्यु वुटवल–कैलाली, मैनतारा–त्रिवेणीजस्ता परियोजना पनि हामीसंग छन्, तपाईहरुको विज्ञता र लगानी यसमा लगाउनुहोस,हामी सहयोग गर्न तयार छौं,’ मन्त्री पुनले भने। उनले नलगाड र जगदुल्लाजस्ता आयोजनामा पनि लगानीको अवसर रहेको धारणा राखे।

 माथिल्लो त्रिशुली १ मा लगानी गरिरहेको कोरियन कम्पनी कोरिया साउथ–ईष्ट पावरका प्रतिनिधि र ऊर्जामन्त्री पुनबीच समेत भेटवार्ता भएको छ । भेटमा कम्पनीका प्रतिनिधीले ऊर्जा मन्त्रालयले गरेको सहजीकरणप्रति धन्यवाद व्यक्त गर्दै परियोजना तोकिएकै समयमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आगामी अक्टोवरमा कम्पनीले निर्माण कार्य सुरु गर्ने जानकारी समेत मन्त्री पुनलाई दिए।

त्यसैगरी लगानी सम्मेलनकै लागी भारतबाट काठमाडौं आएका अष्ट्रीयन दुतावासका कमर्सियल काउन्सिलर रोवर्ट लकले शनिवार उर्जामन्त्री पुनसंग भेटवार्ता गरे। उनंले अष्ट्रियाका ऊर्जा तथा सिंचाईमन्त्रीले नेपाली समकक्षी पुनलाई दिएको निमन्त्रणापत्र समेत हस्तान्तरण गरे। ोवर्टले मन्त्री पुनसंगको भेटमा अष्ट्रियाले नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न खोजेको भन्दै सम्झौताका लागी एमओयुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

मन्त्री पुनले शुक्रबार लगानी सम्मेलनपछि म्यानमारका लगानी र बैदेशीक आर्थिकसम्बन्ध हेर्ने मन्त्री यु थाउंग टुन, भारतीय कम्पनी जिएमआरका प्रतिनिधि र उडिवीका उपाध्यक्ष शिसिन चेनसंग भेटवार्ता गरेका थिए। म्यानमारका मन्त्री टुनले ऊर्जा क्षेत्रका अनुभव आदान–प्रदान गर्नुपर्ने भन्दै आगामी जुनमा म्यानमारले आयोजना गर्न लागेको विमस्टेकको मन्त्रीस्तरिय वैठकमा भाग लिनको लागि निम्तो समेत प्रदान गरे।

एडिबीका उपाध्यक्षले मन्त्री पुनसँगको भेटमा नेपालको ऊर्जा क्षेत्रमा एडिबीले लगानी गरिरहेको भन्दै आगामी दिनमा लगानी विस्तार गर्न खोजेको जानकारी दिए। उनले ६०० मेगावाट क्षमता भएको दुधकोशी जलाशययुक्त आयोजनामा ७० अर्ब लगानी गर्न तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement