माओवादी र एमालेबीच मन्त्रालय भागवण्डा : अर्थ एमालेलाई,गृह माओवादीको भागमा


काठमाडौं– माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय बांडफांडको टुंगो लागेको छ । एमाले निकट स्रोतले दिएको जानकारीअनुसार एमालेले प्रधानमन्त्रीसहित ९ र माओवादीले ६ मन्त्रालय पाउने गरी दुवै दलबीच सहमती भएको छ । नेपाल कम्युनिष्ट पार्टी नाम राख्ने गरी सोमबार साझ दुबै पार्टीबीच पार्टी एकता गर्ने निर्णय गर्दै सात बुंदे सहमती भएकै दिन मन्त्रालय वांडफांडको टुंगो लागेको हो ।

दुवै दलको बीचमा भएको सहमतीअनुसार माओवादीले गृहमन्त्रालय लिने र अर्थमन्त्रालय एमालेले राख्ने गरी मन्त्रालयको वांडफांडको टुंगो लागेको हो । माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्ने सम्भावना छ । तर,गृहमन्त्रालयमा वर्षमान पुनको सम्भावना बलियो छ । माओवादीबाट मन्त्रीमण्डलमा शक्ति वस्नेत, मातृका यादव, लेखराज भट्ट,पम्फा भुसाल र शशी श्रेष्ठको सम्भावना छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्केपछि सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने माओवादीको तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई भने नपठाउन पार्टी नेतृत्वलाई दबाव छ । प्रत्यक्षबाट निर्वाचित सांसदलाई सरकारमा पठाउने पार्टी नेतृत्वलाई दबाव परेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादीले सरकारमा सक्षम र योग्यका साथै सबै क्षेत्रलाई समेटेर मन्त्रीमण्डलमा पठाउने तयारी गरेको छ। उता,एमालेबाट राष्ट्रिय सभाबाट सांसद बनेका पुर्व गर्भनर युवराज खतिवडा अर्थमन्त्री बन्ने सम्भावना छ । मन्त्रीमण्डलमा प्रदिप ज्ञवाली, ईश्वर पोखरेल, पार्वत गुरुङ र योगेश भट्टराईलाई पठाउने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement