सामान्य प्रशासनमन्त्री वस्नेतले कर्मचारीलाई दिए अहिलेसम्मकै कडा चेतावनी


काठमाडौ– सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले देशबासीको शीर उच्च पार्ने गरी काम गर्ने बताएका छन् । सल्यानी युवा सञ्जाजले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री वस्नेतले मन्त्री पदलाई आफुले अवसरका रुपमा लिएको भन्दै देश र समग्र देशबासीको हितमा काम बताएका हुन ।

 

मन्त्री वस्नेतले आफु अग्नीपरीक्षमा रहेको भन्दै यदी जिम्मेवारी पुरा गर्न नसके मन्त्री पद ओगटेर नवस्ने बताए ।

 

एमाओवादी नेता समेत रहेका मन्त्री बस्नेतले कर्मचारी  समायोजनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले त्यसका लागी सवैको सहयोग लिएर अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

 

उनले सिंहदरवार भित्र वसेर तलब मात्र खाने तर,जनताको काम नगर्ने कर्मचारीको उचित व्यवस्थापन हुने चेतावनी समेत दिए ।

 

संघीय संरचना अनुसार तीनै तहमा कर्मचारी समायोजन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको मन्त्री वस्नेतको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement