दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी


काठमाडौँ – मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचन लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो भेटमा एमाले र माओवादी केन्द्रबाट थप गरिने मन्त्रीका विषयमा छलफल भएको थियो । सरकारमा आउन इच्छुक संघीय समाजवादी फोरमलाई समेट्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो । हालसम्म दुई चरणमा मन्त्रिमण्डल विस्तार भए पनि पूर्णता पाएको छैन ।

यही चैत २ मा हुने उपसभामुखको निर्वाचनका विषयमा पनि उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीका सूचना प्रेषक रामशरण बजगाईंले जानकारी दिए । वाम गठबन्धनबीच एमालेले उपसभामुख पद लिने यसअघि समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement