नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ


काठमाडौं – नवनियुक्त मन्त्री र राज्यमन्त्री पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन् ।

मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात, रहेका छन् ।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शमसेर राणा लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement