प्रदेश १ का नवनियुक्त राज्यमन्त्रीलाई स्वागत (फोटोफिचर)


विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ कमिटीले नवनियुक्त राज्यमन्त्रीलाई आज पार्टी कार्यालय विराटनगर–११ पाञ्चालीमा स्वागत गरेको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको उपस्थितमा राज्यमन्त्रीहरुलाई पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका सदस्यहरुले बधाई तथा शुभकामना प्रदान गरे ।

सो अवसरमा पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेले पार्टीको सहमतिमा विस्तार गरिएको मन्त्रिमण्डलका सदस्यहरुले सङ्गठनको दायित्व निर्वाह गर्दै जनताको समृद्धको चाहना पूरा गर्न सफलता प्राप्त हुने शुभकामना दिए ।

राज्यमन्त्रीहरुका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सुशासनसहित पार्टीको जिम्मेवारीलाई पूरा गर्दै जनताको चाहनालाई तल्लो तहसम्म पुगी सम्बोधन गर्ने विश्वास व्यक्त गरे । पार्टी प्रदेश सचिव सुरेशकुमार राईले पार्टी र सरकारबीच समन्वय गर्न मन्त्रीहरुलाई सफलता प्राप्त हुने शुभकाना दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement