भगिनी सम्बन्धको जानकारी दिन स्थानीय तहलाई मन्त्रालयको निर्देशन


काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशका स्थानीय तहसँग भगिनी सम्बन्धको जानकारी पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत सुदर्शन दाहालले पत्राचार गर्दै दश दिनभित्र उक्त विषयको जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ८ बमोजिम विदेशका स्थानीय सरकारहरूसँग त्यहाँ स्थानीय तहले हालसम्म कायम गरेको भगिनी सम्बन्ध सम्बन्धी विवरण दश दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी उपलब्ध गराउनु हुन आदेशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement