कतारसँगको सीमा खोल्ने साउदी अरबको निर्णयको नेपालद्वारा स्वागत


काठमाण्डु – कतारसँगको सीमा खोल्ने साउदी अरबको निर्णयको नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कतारसँगको स्थल, हवाई र समुन्द्री सीमा खोल्ने साउदी सरकारको निर्णयको स्वागत गरेको हो ।

‘नेपाल सरकार स्थलगत, हवाई र समुन्द्रि सीमा खोल्ने साउदी अधिराज्य र कतार अधिराज्यको निर्णयको स्वागत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘गल्फ कोअपरेसन काउन्सिल (जिसससी) देशका नेताहरुले हिजोको सम्मेलनबाट लिएको कदमले केही सदस्य राष्ट्रहरुबीचको विवादको समाधान गर्न तथा यो क्षेत्रमा स्थायित्व र सहकार्य बढाउन योगदान गर्नेछ भन्ने नेपाल विश्वास गर्छ । नेपाल सरकार र नेपाली जनता खाडी क्षेत्रमा सधै शान्ति, समृद्धि र विकास चाहान्छन् ।’

मंगलबार साउदी अरबले कतार र अन्य खाडी मुलुकसँगको स्थलगत, हवाई र समुन्द्रि सीमा पुनः सुचारु गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement