मिसेज वर्ल्ड २०२२ को उपाधि भारतकी सरगम कौशललाई


काठमाण्डु- भारतकी सरगम कौशलले मिसेज वर्ल्ड २०२२ को उपाधि जितेकी छन् । अमेरिकाको लस वेगममा आयोजित प्रतिगोगितामा उनले ६३ देशका सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

भारतले यसखालको उपाधि २१ वर्षपछि प्राप्त गरेको हो । यसअघि सन् २००१ मा भारतकी अदिति गोवित्रिकरले यस उपाधि जितेकी थिइन् । सरगम कौशल जम्मू–कश्मीरकी हुन् । सरगम यसअघि पेशाले शिक्षक थिइन् भने उनले साहित्यमा पीजी गरेकी छन् । उनका श्रीमान भारतीय नेवीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement