छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार कति ?


काठमाण्डु – मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् ।

ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यसपटक एक सय सातजनाले आवेदन दिएका थिए । प्रतियोगितामा नेपालसँगै युएसए, क्यानाडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत सुन्दरीहरू सहभागी भएका छन्।

छनोट भएका टप १८ मा अनुष्का अधिकारी, प्रतीक्षा महरा क्षेत्री, ब्रिस्टी आचार्य, आर्या निशान्त, सदीक्षा खड्का, अनिशा पौडेल, स्मारिका कार्की, स्वीकृति खड्का, मन्दिरा कार्की, निनाकान्त मण्डल, विभूति गौतम, सागरिका मल्ल, सुजिता बस्नेत, समिता न्यौपाने, सगुन गुरुङ, केशु खड्का, रक्षा उप्रेती र प्रतिमा पन्थी छिन् ।

छानिएका १८ सुन्दरीलाई आउँदो २० अक्टोबरबाट क्लोज क्याम्पमा राखिने र उनीहरूलाई ३० तारिखमा फाइनलमा प्रतिस्पर्धा गराउने प्रतियोगिताकी कन्ट्री डिरेक्टर नग्मा श्रेष्ठले बताइन । विजेताले १० लाख बराबरको पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस