मिल्स गोल्डकप : झापाको ध्रुवतारा क्लब फाइनलमा


विराटनगर – धु्रवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस युवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा स्पोर्टिङ्ग क्लब झापा फाइनलमा पुगेको हो ।

जितसँगै झापाले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साबिक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा र गाईघाट फुटबल क्लब उदयपुरका विजेतासँग फाइनल खेल्नेछ । निर्धारित समयसम्म २-२ गोलको बराबरी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको थियो ।

जितको लागि झापाका निर्जल बोहार, प्रविण राई, रोशन धिमाल ‘ए’, गौरव धिमाल र विक्रम राईले गोल गरी टिमलाई फाइनलमा पु¥याएका थिए ।

सिराहाका रबि रखल, विदेशी खेलाडी डेनियल, अमन लामा र स्यानगोले मात्र गोल गरेका थिए । सिराहाका विदेशी खेलाडी यानिकको प्रहार झापाका गोलकिपर आयूष लिम्बुले उत्कृष्ट बचाए । खेलको म्यान अफ द म्याच झापाका गोल किपर आयुष लिम्बू घोषित भए ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा झापाका प्रविण राईले खेल सुरु भएको २४ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । डिबक्स भित्र रोशन धिमाल ‘ए’ ले निकालिदिएको क्रस पासलाई प्रविण राईले हेडमार्फत गोल गरे । झापाले पहिलो गोल गरेको ११ मिनेट बित्न नपाउँदै ३५ औं मिनेटमा विक्रम राईले गोल गरी अग्रता दोब्बर बनाए । दोस्रो गोल गर्न पनि रोशन धिमाल ‘ए’ ले पास निकालिदिएका थिए । रोशनले निकालेको पासललाई बिक्रमलले गोलमा परिणत गरेका थिए ।

चार जना विदेशी खेलाडी भित्र्याएसँगै उच्च मनोबलका साथ मैदान उत्रिएको सिराहाले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । ६० औ मिनेटमा सिराहाका अमन लामाले गोली गरी २–१ बनाए । सिराहाका यानिकको शसक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिप आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहाका यानिकले ७३ औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भई खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा झापाले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन । पछि परेको सिराहाले खेलमा फर्किन अनेकौं प्रयास गर्दा ८७ औं मिनेटमा सिराहाका यानिकले गरेको प्रहार अग्रता छोट्याएको थियो । झापाका रविन राईको ८९ औ मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरिदा खेल टाईब्रेकरमा पुगेको थियो । इन्जुरी समयमा सिराहाका यानिकको वान भर्सेस वानको सशक्त प्रहार पोसमा लागेर बाहिरिदा घर फर्किन बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement