वेपत्ता भएका सशस्त्रका हवल्दार धामीको खोजीलाई तीब्र पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी

वेपत्ता भएका सशस्त्रका हवल्दार धामीको खोजीलाई तीब्र पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । कैलालीको अत्तरीयाबाट भदौ २३ गते वेपत्ता भएका दार्चुलाका सशस्त्र प्रहरी बलका सहायक हवल्दार रमेश सिंह धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी तिब्र पारेको छ ।

अत्तरीयाबाट हराएका दार्चुलाको मालिकार्जुन गाउँपालिका—३ खालीडाडाका धामी सशस्त्र प्रहरी बल गण नम्बर २६ नवलपरासीमा कार्यरत धामी बुवाको उपचारका लागि १० दिनको बिदामा नवलपरासीबाट धनगढी आउनेक्रममा भदौ २३ गते अत्तरीयाबाट बेपत्ता भएका हुन् ।
प्रहरी र सशस्त्र प्रहरीले उनको कल डिटेल लिनुका साथै अत्तरीया र चिसापानी आसपास पनि सोधपुछ र खोजी गरेको थियो ।

अत्तरीया बजारमा उनले भेटेको व्यक्तिसंग पनि प्रहरीले सोधपुछ गरेको छ । उनले अन्तिम पटक कैलालीको चिसापानीबाट मोवाईलमा कुरा गरेका र त्यसपछि उनको मोवाईल अफ भएको पाईएको प्रहरीले जनाएको छ ।