एमएमसीसीलाई पछि पार्दै आर्मी क्लब एमएम कपकाे सेमिफाइनलमा


काठमाडौं – मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

आज भएको खेलमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) माथि १० विकेटको जित निकाल्दै आर्मीले सेमिफाइनलमा पुगेको हो । इनरुवा रंगशालामा एमएमसीसीले दिएको ५७ रनको लक्ष्य आर्मीले ५ ओभरमा पूरा ग¥यो । आर्मीका लागि कुशल मल्लले अविजित ३५ रन जोड्दा हरिकृष्ण झाले २० रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको एमएमसीसीले १९ ओभर ३ बलमा अलआउट हुँदै ५६ रनमा रन बनाएको थियो । एमएमसीसीका सुशान्त तिमल्सिनाले सर्वाधिक १५ रन जोड्दा सोनु मण्डलले १३ रन बनाए ।

एमएमसीसीका खेलाडीलाई सस्तैमा समेट्न आर्मीका सुशनले ह्याट्रिक विकेटसहित ७ विकेट लिए । हरि चौहानको नाममा २ विकेट रह्यो । आर्मीले अब सेमिफाइनलमा समूह ’सी’ को विजेता प्रदेश ३ सँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement