१२ देशका वनमन्त्रीको बैठकमा सहभागी हुन मन्त्री बस्नेत किर्गिस्तान प्रस्थान


काठमाडौं – हिँउ चितुवा पाइने १२ देशका वन तथा वातवरण मन्त्रीहरुको बैठकमा भाग लिन वन तथा वातवरण मन्त्री शक्ति बस्नेत किर्गिस्तान प्रस्थान गरेका छन् ।

बैठकको अध्यक्षता नेपालका वनमन्त्री बस्नेतले गर्नेछन् । वैठक जुन १४ र १५ मा वैठक बस्दैछ । हरेक बर्ष बस्ने वैठकमा यसपालीको एजेन्डा विश्वमा हिँउ चितुवाको सख्याँ पहिचानका लागि गणना विधि बनाउने र वैज्ञानिक र नीति निर्मातासहितको टोली बनाउने लगायतका छन् ।

बैठकमा भाग लिन मन्त्री बस्नेतसँगै मन्त्रालयका सह सचिव डा.महेश्वर ढकाल पनि गएका छन् । नेपालबाहेक भारत, भूटान, पाकिस्तान, अफगानिस्तन, चीन, मंगोलिया, रुस, काजिस्तकान, उजिकिस्तान, ताजिकिस्तान, किर्गिस्तानमा हिँउ चितुवा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement