बिल गेट्सद्वारा मोदीसँग भेटवार्ता, कोरोना महामारीमा लाखौँको ज्यान बचाएको भन्दै भारतको प्रसंशा


काठमाण्डु- अमेरिकी प्रविधि कम्पनी माइक्रोसप्टका सह संस्थापक बिल गेट्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जी २० को बैठक जारी रहेका बेला भारत भ्रमणमा आएका गेट्सले प्र्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा गेट्सले भारतले स्वास्थ्य, विकास र जलवायुजस्ता क्षेत्रमा प्रगति गरिरहेको भन्दै प्रशंसा गरेका छन् । उनले नवप्रवर्तनमा लगानी गर्दा के सम्भव छ भनेर भारतले प्रमाणित गरिदिएको उल्लेख गरे ।

भारतले कोभिड १९ महामारीको समयमा सस्तो, प्रभावकारी तथा सुरक्षित खोपको विकास गरेको भन्दै यसबाट लाखाै मानिसको ज्यान जोगिएको पनि जनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement