संयुक्त राष्ट्र संघको महासभामा बोल्दै मोदीले भने –भारतले दुनियाँलाई बुद्ध दिएको छ


एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा भारतले संसारलाई बुद्ध दिएको बताएका छन् शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताएका हुन् । मोदीले संयुक्त राष्ट्र संघमा १७ मिनेटमात्र बोलेका थिए । सो क्रममा उनले कयैन मुद्दा उठाए ।

‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ,’ महासभालाई हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका मोदीले भने, ‘त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ । सम्बोधनको क्रममा मोदीले आतंकवाद विश्वका लागि खतरा रहेको बताए ।

उनले पाकिस्तानको नाम लिएनन् तर इशारामा पाकिस्तानको आलोचना गरे । मोदीले उग्रवाद संसारको लागि खतरा भएको बताउदैं भने ,‘हाम्रो आवाजमा आतंकविरुद्ध संसारलाई सतर्क गर्ने गम्भिरता पनि छ र आक्रोश पनि छ । ’मोदीले आतकंवाद एक देशको मात्र नभएर सम्पूर्ण मानवताको सबैभन्दा ठूलो चुनौतीमध्य एक भएको बताए ।

उनले यस विरुद्ध एक जुट हुनु महत्वपूर्ण भएको बताए । उनले संयुक्त राष्ट्र संघको महासभाको भाषणमा महात्मा गान्धीको सम्झना गरे । यो वर्ष माहात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेकाले थप उलेखनीय भएको मोदीले बताए । सम्बोधनमा मोदीले आफ्नो सरकारले चलाइरहेको आयुष्मान भारत, स्वच्छता अभियान, जनधन योजनाको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement