मोदीको नेपाल नीतिबारे चीनमा चासो

मोदीको नेपाल नीतिबारे चीनमा चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा चासो हुनु स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन्।

नेपालको कूटनीति दल विशेषका सरकारमा निर्धारण हुँदै आएको छ। त्यसैले नेपालमा दुवै छिमेकीको बढी चासो रहन्छ। भूराजनीतिक अध्येताहरू यस्तो चासोलाई सामान्य मान्छन्। मोदीले जेठ १६ मा बिमस्टेक सदस्य मुलुकका राष्ट्र-सरकार प्रमुखलाई साक्षी राखेर दोस्रो कार्याकालको शपथ लिए। शपथ ग्रहणमा निम्त्याइएका प्रधानमन्त्री केपी ओलीको भारत यात्रालाई चिनियाँ विश्लेषकले विशेष रूपमा नियालेका छन्। मोदीको शपथपछि भारतको ‘लुक इस्ट’ अब ‘एक्ट इस्ट’ मा परिवर्तन हुने बुझाइ उनीहरूको छ।

मोदीको अघिल्लो कार्यकालमा नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रह्यो। प्रधानमन्त्रीका रूपमा ०७१ सालमा नेपाल भ्रमण गर्दा मोदीले संसद्मा केही वाक्य नेपालीमा बोले। नेपाल गौतम बुद्धको जन्मभूमि भएको स्वीकारेर नेपालीको मन जिते। यिनै मोदीले भूकम्पले थिलोथिलो बनाएको बेला संविधान घोषणाको विषयलाई ‘इगो’ का रूपमा लिँदै अघोषित नाकाबन्दी लगाएर भूपरिवेष्टित राष्ट्रको अधिकारको धज्जी उडाए। उक्त प्रहार नेपालीले अझै बिर्सन सकेका छैनन्। यिनै व्यक्ति फेरि भारतका प्रधानमन्त्री बनेपछि आमनेपालीमा चासो बढेको छ।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।