भारतीय प्रधानमन्त्री मोदी काठमाडौं उत्रिँदै, दुई घण्टा सडक अवरुद्ध हुने


काठमाडौं- चौंथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार बिहान साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

मोदी चार्टर फ्लाइटमार्फत आउन लागेका हुन्। मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने भएको छ।

बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोल (एटिसी) रुमका प्रमुख सीताराम भण्डारीले जानकारी दिए। सम्मेलनमा सहभभागी हुन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री बिहिबार बिहान काठमाडौं आउनेछन् । त्यसैले बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि सोल्टीमोडसम्मको सडक केही समय अवरुद्ध हुने भएको छ ।

त्यस्तै, कोटेश्वर, तीनकुने, मीनभवन नयाँबानेश्वर, बबरमहल माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु सोल्टीमोड सडक अवरुद्ध हुने ट्राफिक महाशाखाले जानकारी दिएको छ । बिम्स्टेक सम्मलेनको उद्घाटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सहभागी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाएको नेपालले विशिष्ट विदेशी पाहुनाहरुको सुरक्षा व्यवस्थाका लागि ४ तहको घेरा बनाएको छ। तर, अन्य राष्ट्रप्रमुखहरुलाई नेपाली सुरक्षा अंगले नै सुरक्षा दिइरहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको हकमा भने त्यस्तो लागु नहुनुले नेपालको सुरक्षा प्रणालीमा भारत विश्वस्त नहुनु तथा भारतले नेपाललाई हेर्ने प्रवृत्तिसमेत प्रकाशमा आएको चर्चा हुन थालेको छ।यसअघिको भ्रमणमा पनि मोदीको सुरक्षार्थ ४५ जना भारतीय विशेष सुरक्षा फौज खटिएकोमा व्यापक आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement