मोदीले लिए लोकसभाको सपथ


एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान अनुसार संसदीय दलको (तल्लो सदन) लोकसभाको सदस्यका रुपमा सपथ लिएका छन् । उनलाई सोमबार नै अस्थायी सभामुख चुनिएका विरेन्द्र कुमारले संसद सदस्यको रुपमा सपथ गराएका हुन् ।

उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए । भारतीय लोकसभाको १७औं बैठक सोमबार नै शुरु भएको हो ।

संविधान अनुसार संसदीय दलको नेताको रुपमा मोदीले पहिलो सांसदको सपथ लिएका हुन् । नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरुले पछि पालैपालो सपथ लिनेछन् । सांसदहरुले सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

लोकसभाको सभामुखको चयन भने जुन १९ का दिन हुनेछ । राष्ट्रपति रामनाथ कोबिन्दले जुन २० तारिखका दिन संसदको दुबै सदनलाई सम्बोधन गर्नेछन् ।

नयाँ सरकारले केन्द्रीय बजेट आगामी जुलाई ५ का दिन संसद समक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement