मोदी अत्यन्त राम्रा मान्छे हुन्ः ट्रम्प


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीको अन्त्यमा हुने आफ्नो भारत भ्रमणको विषयलाई लिएर उत्सुकता व्यक्त गरेका छन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गर्दै मोदी सज्जन व्यक्ति भएको र राम्रो साथी भएको बताएका छन् । ट्रम्पले अहमदाबादको मोटेरा रंगशालामा हुने आफ्नो कार्यक्रमको विषयलाई लिएर खुसी समेत व्यक्त गरेका छन् ।

ह्वाइट हाउसको घोषणाको एक दिनपछि ट्रम्पले ओभल अफिसमा संवाददातासँग भने,‘म भारत जानका लागि उत्सुक छु ।’ एक प्रश्नको उत्तरमा प्रधानमन्त्री मोदीको तारिफ गर्दै अमेरिकी राष्ट्रपतिले भने,‘उनी मेरो अत्यन्त असल साथी हुन् । उनी अत्यन्त राम्रा मान्छे हुन् ।’

यो साताको अन्त्यमा प्रधानमन्त्री मोदीसँग कुराकानी गरेको ट्रम्पले बताए । यो अवधिमा प्रधानमन्त्री मोदीले ट्रम्पलाई विमानस्थलदेखि नयाँ रंगशाला (मोटेरा स्टेडियम) सम्म लाखौ मानिसले स्वागत गर्ने ट्रम्पले बताए ।

२४ र २५ फेब्रुअरीमा ट्रम्प नयाँ दिल्ली र गुगरातको अहमदावाद जाने कार्यक्रम रहेको छ । त्याहाँ उनले ह्यूस्टनमा हाउडी मोदी जस्तो एक समारोहलाई सम्बोधन गर्नेछन् र भारतीय–अमेरिकीसँग कुराकानी गर्नेछन् ।

ट्रम्पको भारत यात्राको समयमा दुवै देशले कैयौ व्यापारिक तथा रक्षा सम्झौतालाई अन्तिम रुप दिनेछन् । राष्ट्रपति ट्रम्पको दुई दिने भ्रमण भन्दा पहिले मोदी सरकार रक्षा फर्म लकहीड मार्टिनसँग २.६ अर्ब डलरमा २४ एमएच–६० आर सीहक हेलिकप्टरको खरिदलाई स्वीकृति दिने प्रक्रियाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement