महाबलीपुरमै किन तय भयो सी-मोदी भेटवार्ता ? यस्तो छ सीको भारत भ्रमणको तालिका


एजेन्सी– चिनियां राष्ट्रपति सी जिनपिङ आज भारत भ्रमणको क्रममा दिउंसो १२ः ३० बजे चेन्नई विमानस्थलमा अवतरण गदैछन् । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच दोस्रो अनौपचारिक शिखर सम्मेलन भारतको तमिलनाडुको महाबलीपुरमा हुंदैछ । समुन्द्र किनारको यो शहरमा प्राचिनकालका मन्दिर छन् । त्यतिमात्र होईन ती मन्दिरको चीनसंग समेत पुरानो सम्बन्ध छ । त्यसैकारण पनि महाबलीपुरमा यो भेटवार्ता तय गरिएको हो ।महालबलीपुरमका शासकहरुले चीनसंग तिब्बतको सीमा सुरक्षाका लागी सम्झौता गरेका थिए । त्यही इतिहासलाई आज भारतिय प्रधानमन्त्री मोदीले दोस्रो पटक उजागर गर्नेछन् ।
महाबलीपुरको पुरानो इतिहास छ । यो शहर पल्लव वंशका राजा नरसिंह देव बर्मनले बसाएका थिए । यो शहरमा चीनका सिक्काहरु समेत भेटिएका थिए ।

महाबलीपुरम र चीनबीच बन्दरगाहबाट व्यापारिक सम्बन्ध समेत थियो भन्ने कुरा यसैले समेत पुष्टि हुन्छ । चीन र पल्लव वंशको घनिष्ट सम्बन्धकै कारण सातौं शताब्दीमा चीनले महाबलीपुरका राजासंग सम्झौता गरेको थियो । दुवैको सम्झौता सुरक्षासंग सम्बन्धित थियो । जो तिब्बतका लागी भएको थियो ।

चीनले यो सम्झौता पल्लव वंशका राजकुमार बोधिधर्मसंग गरेको थियो । पछि उनले बौद्ध धर्म अपनाएर बौद्ध भिक्षु समेत बनेका थिए । यही सम्झौता र चीनलाई गरेको सहयोगको कारण चीनमा बोधिधर्मलाई विशेष सम्मान गर्ने गरिन्छ । भारतिय प्रधानमन्त्री मोदीले चिनियां राष्ट्रपति सीलाई यही पुरानो इतिहासबारे जानकारी दिनेछन् । उनले सीलाई अर्जुनको तपस्यास्थल, गणेश रथ,कृष्णा बटर बाल, र पंचरथ लिएर जाने र स्वंयम् आफैले जानकारी दिने कार्यक्रम छ ।

यस्तो छ भ्रमण तालिका
शुक्रबार

१२ :३० प्रधानमन्त्री मोदी चेन्नई पुग्ने
१२ः५५ मा हेलिकोप्टरबाट महाबलीपुरमा आउने
१ः३० मा चिनियां राष्ट्रपति सी चेन्नई पुग्ने
१ः४५ मा एयरपोर्टबाट होटल आईटिसी ग्रैण्ड जाने र आराम गर्ने त्यहीबाट महाबलीपुरमा जाने
५ बजे महाबलीपुरमा मोदीसंगै अर्जुनकी तपस्यास्थल,पंचरथ र शोरे मन्दिरको भ्रमण गर्ने
६ बजे सांस्कृतिक कार्यक्रम
६ः४५ बाट ८ बजेसम्म मोदी र राष्ट्रपति सीबीच डिनर
शनिवार
१० : १०ः४० सम्म दुवै नेताबीच भेटवार्ता
१०ः५० देखी ११ः४०बीच द्धिपक्षिय वार्ता
११ः४५ देखी १२ः४५सम्म दिवाभोज
२ बजे नेपालका लागी प्रस्थान

प्रतिक्रिया दिनुहोस
Advertisement