संविधान दिवसमा भारतिय प्रधानमन्त्री नेपाल भ्रमणमा नआउने पक्का


काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संविधान दिवसका दिन नेपाल भ्रमणमा आउने सम्भावना कम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३ मा आयोजना हुने संविधान दिवसमा प्रमुख अतिथिको निम्तो मोदीलाई दिएपनि त्यो समयमा उनि नेपाल आउने सम्भावना नभएको स्रोतको दावी छ । 

नेपालले असोज ३ मा संविधान दिवस मनाउने दिन भारतिय प्रधानमन्त्री मोदी भने अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।  उनी दिल्लीबाट असोज २ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । मोदी वासिङ्टन डिसी हुंदै ७ गते सम्म सिकागोमै हुनेछन् । 

भारतिय प्रधानमन्त्रीलाई उनका नेपाली समकक्षी ओलीले नेपाल भ्रमणका लागी पटक पटक निमन्त्रणा दिएका थिए । मोदीलाई अन्तिम पटक भारतिय विदेशमन्त्री एस.जयशंकरमार्फत अतिथि वन्न निम्तो दिइएको भएपनि उनि नेपाल भ्रमणमा आउने कार्यक्रम भने तय भएको छैन् । भारतिय प्रधानमन्त्री पहिलो पटक प्रधानमन्त्री बन्दा चार महिनामै नेपाल भ्रमणमा आएका थिए   

मोदी नेपाल भ्रमणमा आउनुभन्दा पहिले भुटान र ब्राजिलको भ्रमणमा गएका थिए । यसपटक भने मोदीले पहिलो भ्रमण माल्दिभ्सबाट सुरु गरेका छन् । 

त्यसलगत्तै श्रीलंका, कार्गिस्तान, जापान र भुटानको समेत उनले भ्रमण गरिसकेका छन् । मोदीले यूएई र फ्रान्सको समेत भ्रमण गरेर आईतवार स्वदेश  फर्किसकेका छन् । 

स्रोतकाअनुसार भारतिय प्रधानमन्त्रीको असोज ७ गतेसम्मको विदेश भ्रमणको कार्यतालिका तयार भइसकेको छ । त्यसमा हालसम्म नेपालको नाम समावेश छैन् । 

पेट्रोलियम पाइपलाइन उद्घघाटन गर्न भारतिय प्रधानमन्त्री नेपाल आउने चर्चा चलेपनि उक्त कार्यक्रमको समेत भदौ २४ गते दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement