परराष्ट्रसचिवले भने –‘मैले सरकारी गाडीको दुरुपयोग गरेको छैन्’


काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सरकारी गाडीमा नीजि नम्बर प्लेट राखेर प्रयोग गरेको समाचार बाहिरिएपछि नम्बर प्लेट परिवर्तन गरेका छन् । सचिव वैरागीले आफुले सरकारी गाडीको दुरुपयोग नगरेको दावी समेत गरेका छन् । वैरागीले काठमाडौंपाटीसंग कुरा गर्दै आफुले सेतो प्लेट प्रयोग गर्नका लागि गृहमन्त्रालयमा पत्र पठाएको तर पत्रको जवाफ अहिलेसम्म नआएको बताएका छन् ।

‘ हामीले नियमअनुसार नै समयाअवधी थपको लागी पत्र पठाएका छौं, मलाई यस्तो कुराहरु सवै थाहा पनि हुंदैन्,फेरी मैले सरकारले दिएको सुविधाभन्दा बढी केही लिएको पनि छैन्,प्रशासन र मेरो ड्राईभरले यो सबै कुरा हेर्छ ।’ सचिव वैरागीले काठमाडौंपाटीसंग भने ।

सचिव बैरागीले चढ्दै आएको बा १५ च ७११ नम्बरको कारमा मंगलबार दिउँसोबाट बा २ झ २०७७ को नम्बर राखिएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयको नाममा दर्ता कायम रहेको बा २ झ २०७७ नम्बरकोे कारलाई सचिव बैरागिले निजी नम्बर प्रयोग गरेर चलाएको समाचार सार्वजनिक भएपछि वैरागीले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement