६ देशमा राजदूत नियुक्ती : न्युयोर्कमा थापा र जेनेभामा सुवेदी


काठमाण्डु – सरकारले सात देशमा राजदूत नियुक्ती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले न्युयोर्कसहित ६ देशमा राजदूत नियुक्ती गर्ने निर्णय गरेको हो ।

सरकारले न्युयोर्कस्थित स्थायी प्रतिनिधीमा परराष्ट्रमन्त्रालयका सहसचिव लोकबहादुर थापालाई पठाउने निर्णय गरेको छ । थापा परराष्ट्रको उत्तर पूर्वी महाशाखाका प्रमुख थिए । उनि यसअघि बेल्जियममा राजदूत थिए ।

न्युयोर्कका लागि परराष्ट्रसचिव भरतराज पौडेल समेत दौडमा थिए ।उनको कार्यसम्पादन सन्तोषजनक नभएकाले उनलाई न्युयोर्क नपठाइएको बतान्छ । पौडेल न्युयोर्क नपठाएकोमा असन्तुष्ट छन् ।

त्यसैगरी सहसचिवहरु तेजबहादुर क्षेत्री युएई, घनश्याम लम्शाल कुवेत, धनबहादुर ओली थाइल्याण्ड, सुधिर भट्टराई फ्रान्स र रामप्रसाद सुवेदी जेनेभाको राजदूतमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement