राजदूत नियुक्तीको नयां मापदण्ड बनाईदै, यस्तो छ फिर्ता हुने राजदूतको नामावली ?


काठमाडाैँ- नीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । त्यतिवेला बहालवाला निर्वाचित जनप्रतिनिधिलाई मात्र समेटिएकोमा अब अवकाश पाइसकेका कर्मचारी तथा उच्चपदस्थ अधिकारीसमेत समेटिने गरी आचारसंहिता तयार भइरहेको छ ।

‘कूटनीतिक आचारसंहिता परिमार्जनका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ,’ परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले  भने । हाल लागू भएको आचारसंहिता सार्वजनिक पदधारण गरेका व्यक्ति र राज्यकोषबाट पारिश्रमिक वा सुविधा पाउने पदाधिकारीहरूले अनिवार्य लागू गर्नुपर्ने उल्लेख छ ।

विदेशी सरकार, कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्बन्ध राख्ने, भेटघाट गर्ने, पत्राचार गर्ने मात्र नभएर के–कस्ता भोजमा जाने–नजाने विषय पनि यसअघि जारी भएको आचारसंहितामा समेटिएको छ ।

राजदूत नियुक्तिको मापदण्ड बन्दै
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि मापदण्ड तयार गर्न लागेको छ । ०७२ पुसमै तयार भएको ‘राजदूत एवं स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका’ कार्यान्वयनमा आएको थिएन । उक्त निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो ।‘राजदूत नियुक्तिसम्बन्धी मापदण्ड तयार गर्दै छौँ,’ परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले भने ।

मापदण्ड बनेपछि राजदूत फिर्ता
नयाँ मापदण्ड पारित भएपछि कांग्रेसको सिफारिसमा भएका राजदूतहरू अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया), डा. विश्वम्भर प्याकुरेल (श्रीलंका), डा. चोपलाल भुसाल (बंगलादेश), रमेशप्रसाद कोइराला (कतार), भीम उदास (म्यानमार)लाई फिर्ता बोलाउने सरकारी तयारी छ । राप्रपाको सिफारिसमा भएका प्रतिभा राणा (जापान), निरन्जन थापा (इजरायल) र भरतबहादुर रायमाझी (स्पेन) तथा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा भएकी शर्मिला पराजुली (ओमान)लाई फिर्ता बोलाइनेछ । आजको नयांपत्रिका दैनिकमा पर्शुराम काफ्लेले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement