परराष्ट्रमन्त्रालयले कमजोरी गरेको भन्दै सचिव वैरागीसंग सरकारले लियो स्पष्टिकरण


काठमाडौं— सरकारले दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबावु रावतले दिएको अभिव्यक्तिका विषयमा छानविन अघि बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुरमा मुख्यमन्त्री रावतले विवादस्पद अभिव्यक्ति दिएपछि सरकारले त्यसमा छानविन अघि बढाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले परराष्ट्रसचिव शंकरदास बैरागीलाई भारतिय प्रधानमन्त्रीको औपचारीक भ्रमणमा प्रदेश सरकारसंग किन समन्वय भएन भन्दै स्पष्टिकरण सोधेको छ ।

प्रधानमन्त्री निकट स्रोतकाअनुसार सचिव वैरागीलाई सोधिएको स्पष्टिकरणमा मुख्यमन्त्री रावतको भाषणमा किन समन्वय नभएको हो, समन्वय भएको भए त्यस्तो भाषण कसरी पढियो भन्दै लिखित जवाफ दिन निर्देशन दिइएको छ ।

कानुनी हिसावले प्रदेश सरकार र सम्बन्धीत मन्त्रालयसंग परराष्ट्रले संयोजन गर्नुपर्ने भएपनि भारतिय प्रधानमन्त्रीको नेपाल भ्रमणको बेला मन्त्रालयको भुमिका एकदमै कमजोर पाइएको छ ।

परराष्ट्रमन्त्रालयकै कमजोरीका कारण सरकारमै सहभागी मन्त्रीहरुलाई कार्यक्रमको निमन्त्रणा नगरिएको, प्रोटोकलको ख्याल नभएको प्रधानमन्त्री निकट एक मन्त्रीले काठमाडौंपाटीलाई बताए ।

‘मन्त्रिहरुलाई कार्यक्रमको निम्ता नदिने, द्धिपक्षिय वार्तामा समेत सम्वन्धितलाई भन्दा बढी असम्वन्धितलाई राख्ने काम भयो, यसमा परराष्ट्रको ठुलो कमजोरी देखिन्छ ।’ ती मन्त्रीले भने ।

मुख्यमन्त्री रावतले जनकपुरमा भएको नागरीक अभिनन्दनमा नेपालको संविधान विभेदकारी भएको र आफुहरु संसोधनको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत संसदमा त्यसको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement