इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन


एजेन्सी – आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित भएका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी कायरोको एक अदालतमा जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिएलगत्तै उनी बेहोस भएका थिए ।

मुस्लिम ब्रदरहुडका एकजना प्रवक्ताले मुर्सीलाई उपचार सेवा उपलब्ध नगराउँदा उनको निधन भएको बताएका छन । सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए ।

बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए ।
उनको मृत्युको कारण भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement