कांग्रेसमा विवाद चर्किँदै, गगन थापालाई सानेपाबाटै निकालिदिने धम्की

कांग्रेसमा विवाद चर्किँदै, गगन थापालाई सानेपाबाटै निकालिदिने धम्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापाले वडा सभापतिहरूमाथि कारबाही गरे पार्टी मुख्यालय सानेपाबाटै निकालिदिने धम्की दिएका छन् ।

पार्टीभित्रै पूर्वसभापति शेरबहादुर देउवा पक्षधरको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले वडा सभापतिहरूमाथि कारबाही नगर्न चेतावनी दिए ।

‘तपाईंले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई हटाउनुभएको छ, अलग्गै गर्नुभएको छ, यदि तपाईंले भनेको नमानेबापत उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने, कृपया गगनजी ती सबै मान्छे सानेपा आएर तपाईंलाई पार्टी कार्यालयबाट निकाल्नेछन् । त्यसमा हामी साथ दिन्छौँ ।’

कांग्रेसले गरेको विशेष महाधिवेशनलाई उनले कीर्तेको संज्ञा दिए । उनले अहिले क्रियाशील सदस्यता नवीकरणको नाममा धेरै नाटक नगर्न चुनौती दिए । क्रियाशील सदस्यता छानबिन र निर्वाचन समिति सबैलाई मिलाएर बनाउन उनले आग्रह गरेका छन् ।