जनसंख्या बढिरहँदा स्वास्थ्यकर्मी पनि बढाउनुपर्छ तर अभाव हुने देखिन्छ : स्वास्थ्यमन्त्री बस्नेत


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्या बढिरहेकाले स्वास्थ्यकर्मी पनि बढाउनुपर्नेमा अभाव हुने देखिएको संकेत गरेका छन् ।

सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अबको ५ वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताए ।

नेपालको शिक्षा नीतिमा भएको कमजोरी सुधारेर अघि बढ्न आवश्यक रहेको बताउँदै उनले जनसंख्या बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी पनि बढ्नुपर्ने बताए ।

स्वास्थ्यकर्मीलाई उचित सेवासुविधा दिएर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेदेखि स्वास्थ्य क्षेत्रको अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘जनसंख्या बढ्दै जाँदा स्वास्थ्यकर्मी पनि बढ्न जरुरी छ तर सेवासुविधा कम भएर यही भएका स्वास्थ्यकर्मी पनि पलायन हुने अवस्था छ । यहीँ भएकाहरूले बालबच्चाहरू राम्रो शिक्षादीक्षा र घर खर्च चलाउन नसक्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement