गगन थापाले कांग्रेस पार्टीलाई बर्बाद पारेको मोहनबहादुरको आरोप

गगन थापाले कांग्रेस पार्टीलाई बर्बाद पारेको मोहनबहादुरको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगन कुमार थापाले पार्टीलाई बर्बाद पारेको आरोप लगाएका छन् ।

शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने ‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन । त्यसकारण आज पार्टी चलेको छैन । पार्टी बर्बाद भएको छ । कांग्रेस पार्टीको लामो कुरा नगरौं, शेरबहादुर देउवाजीको नेतृत्वमा वडा, पालिका, प्रदेश र संघमा बहुमत । राष्ट्रिय सभामा थिएन, त्यहाँ पनि उहाँहरूको बुद्धिमताले त्यहाँ पनि बहुमत पुर्‍याएको हो।’

यस्तै उनले सभापति थापालाई ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भनेको प्रशंगमा बोलेको कुरा पुरा गर्न पनि चुनौती दिए ।

उनले भने ‘ हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ । युवा युवा भनेर उहाँले भन्नुहुन्छ । उहाँ ५२ वर्ष नाघिसक्नुभएको छ, उहाँले ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको छ,’ बस्नेतले भने, ‘यदी सबैलाई स्मरण छ भने उहाँ ५२ वर्ष भइसक्नुभयो । यदी नियमित चुनाव भयो भने अबको आउने चुनावमा उहाँ ५५ वर्ष कटिसक्नुहुनेछ । कमसेकम तपाईंले बोलेको कुरा पूरा गर्नुहुन्छ भने, युवाहरूलाई मौका दिने हो भने केही वर्ष अघिसम्म हाम्रो औसत आयु ४९ वर्ष थियो । अहिले मात्रै ७० नाघेको छ । तपाईं ५५ वर्ष पुग्दै हुनुहुन्छ । तपाईं सार्वजनिक रुपमा कांग्रेस कसले डोर्‍याउन सक्छ, तपाईं जिम्मा लाउनुस् ।’