सोमबार राती चक्रपथमा नेपाली सेनाका बख्तरबन्द गाडी घुम्ने


काठमाण्डु – नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार काठमाण्डुको चक्रपथमा परिक्रमा गर्ने भएका छन् । नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार माघ १९ गते रातीदेखि बख्तरबन्द गाडीहरुले चक्रपथको पक्रिमा गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए ।

सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो । त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement