भारतमा १ प्रतिशतसँग ९५ करोड ३० लाख मानिससँग भन्दा ४ गुणा बढी सम्पत्ति


नयाँ दिल्ली– भारतमा १ प्रतिशतसँग ९५ करोड ३० लाख मानिससँग भएको भन्दा ४ गुणा बढी सम्पत्ति रहेको छ । यी ९५ करोड ३० लाख मानिस देशको ७० प्रतिशत आवादीको तल्लो तहमा रहदै आएका छन् ।

एक रिपोर्टका अनुसार सबै भारतीय अर्बपतिको कुल सम्पत्ति पुरै वर्षको बजेट भन्दा पनि धेरै गुणाले बढी रहेको छ । देशको ६३ अर्बपतिसँग बजेट भन्दा बढी धन रहेको रिपोर्टमा उल्लेख गरिएको छ । यो रिपोर्ट सोमबार सार्वजनिक भएको हो ।

वल्र्ड इकोनोमिक फोरमको ५० औं वार्षिक बैठक भन्दा पहिले टाइम टु केयर रिपोर्टको विमोचन गर्दै अधिकारवादी समूह अक्सफामले विश्वको २ हजार १५३ अर्बपतिसँग यो पृथ्वीको ४।६ अर्ब मानिसको भन्दा बढी सम्पत्ति रहेको जनाएको छ ।

विश्वव्यापी असमानता विशाल तथा अर्बपतिको संख्या विगतको दसकमा २ गुणाले वृद्धि भएको रिापेर्टमा उल्लेख गरिएको छ । यद्यपि गत वर्ष उनीहरुको संयुक्त सम्पत्तिमा गिरावट आएको थियो ।
सोमबारबाट सुरु भएको डब्लूईएफको पाँच दिवसीय शिखर सम्मेलनमा आय र लैगिंक असमानताको मुद्धालाई प्रमुखताका साथ उठाइने अपेक्षा गरिएको छ ।

डब्लूईएफको वार्षिक विश्वव्यापी जोखिम रिपोर्टमा यस्तो चेतावनी समेत दिइएको छ कि २०१९ मा विश्वव्यापी आर्थिक अर्थव्यवस्थामा आर्थिक कमजोरी तथा वित्तीय असमानका कारण दबाब बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement