भारतीय नागरिक ८ लाख रकमसहित पक्राउ


काठमाण्डु – प्रहरीले स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित १ जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको चापागाउँ डेरा गरी बस्ने भारतको सीतामणि घर भएका ३६ वर्षीय अमर शर्मा रहेका छन् ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–१२ टेकु कालोपुलबाट पक्राउ गरेको छ ।

बरामद रकम सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement