एउटै सिक्काको मूल्य १३ लाख डलर !


लन्डन – बेलायतका राजा एडवर्ड–८ ले राजगद्दी छोड्नु पूर्वको तस्बिर भएको एक सुनको सिक्का १३ लाख डलरमा बिक्री भएको छ । यसलाई विश्वकै अत्यन्त दुर्लभ सिक्का मध्येको एक मानिएको छ ।

बेलायती राजवंशको सिक्काको बिक्रीको यो एउटा नयाँ रेकर्ड हो । महारानी एलिजाबेथ द्वितियका हजुर बुवा किङ एडवर्ड–८ ले एक अमेरिकी विधवा वेलिन सिम्पसनसँग विवाह गर्नका लागि राजगद्दी त्याग गरेका थिए ।

राजगद्दी छोड्नुपूर्वको उनको तस्बिर भएको यो सिक्का किन्ने व्यक्ति एक निजी संग्र्रहकर्ता हुन् । उनी आफ्नो परिचय गोप्य राख्न चाहन्छन् ।

शाही टक्सारका संग्रह सेवाका प्रमुख रेबेका मोर्गनका अनुसार यो सिक्काको कीर्तिमानी मूल्य आश्चर्यमा पार्ने खालको भएको बताएका छन् ।

किंग एडवर्ड–८ को तस्बिर भएको यो सिक्का अत्यन्त दुर्लभ सिक्का मध्येको एक भएको र विश्वमै संग्रह गर्न लायकको सिक्का हो ।

शाही टक्सारका अनुसार २२ क्यारेट सुनको यो सिक्का कहिलेपनि सर्वसाधारणका लागि जारी गरिएन र थोरै मानिसलाई मात्रै यसको बारेमा जानकारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement