पूर्वराजाको चित्र भएको नोट बजारमा नचल्ने, रंग लागेको पनि अयोग्य


काठमाडौं – नेपाल राष्ट्र बैंकले पूर्व राजाको तस्वीर भएको चित्रलाई अयोग्य घोषित गरेको छ । बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएपछि पूर्वराजाको तस्वीर भएको नोट बजारमा नदेखिने भएको हो ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेकोलाई अयोग्य हुने जनाएको छ ।

बैंकहरुले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तो क्लिप गर्ने बैंकका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब नोटमा बैंकहरुले स्टिच गर्न पाउँने छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement