यस्तो छ बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौं – बिहिबारका लागि नेपाल राष्ट्र बैंकले ताकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ८४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रिदर १४५ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३७० रुपैयाँ ८९ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement